गाेरखा- पछिल्लो समय युवा युवती नेपाली मनोरञ्जन को बिधालाइ नै आफ्नो रोजाइ को फिल्ड बनाउन लाग्ने को ठुलो जमात छ ।
कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भविष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन सुबिना छिदाल l
मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृदी हुदै गएको छ भने नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l
त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल सुबिना लागेकी छिन l
गोरखा पालुङ्टार जन्मथलो भएर बिगत लामो समय देखि चितवन र काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो रोजगारीसंगै मोडलिङमा निरन्तरता दिदै आएकी सुबिना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन ।
त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा अब्बल छिदालले l थुप्रै म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी सुबिनाले र्याम शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन, उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l
भर्खर मात्र २० औ बसन्तमा प्रवेश गरेकी उनी हेर्दा आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि मोडल यदि अन्य कुनै पनि ठाउ बाट म्युजिक भिडियो, टेलिचलचित्र तथा फिल्ममा अफर आएमा आफ्नो क्षमता कला, कौसल प्रदर्शन गरेर अभिनय गर्ने सोचमा छिन l
सानै उमेर देखि कलाकारिता, मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, मोडल सुबिना अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन l
फेन्सी कपडा पसलमा मार्केटिङ र अन्य एक थुप्रै पेशामा कार्यरत समेत रहेकी मोडल सुबिना भन्छिन, ‘अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’
उनि भन्छिन ‘मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढ्छु ।’
बिगतका दुख र अहिले पनि धेरै समस्यासंग जुधेर काम गर्नु पर्छ । बिगतमा कुनै दिन १ रुपैया हातमा नहुदा, भोकै पेट रात बिताउनु पर्दा र आबश्यक कपडा जुटाउन नसक्दा परेको समस्याले अझै आज झै लाग्ने बताउनी छिदाल आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहि नया कुराको आयाम थप्दै भविष्यमा कुशल अभिनेत्री बनेर राष्ट्रको सेवा गर्नको साथै एक समाजसेवी भएर दुखि पिडितको सेवा गर्ने उदेश्य रहेको छ l
प्रतिक्रिया