+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले भने- केपी ओलीले पदबाट राजीनामा गर्न पर्दैन

4KNationalDaily
२०७७ भाद्र ४, बिहीबार ०९:१९ बजे

काठमाडौं- सत्तारुढ दल नेकपा विवाद सुल्झाउन कार्यदल बनेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका केही दिनमा नै सबै कुरा मिल्ने बताएका छन्।

उनले पार्टीभित्रको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने जिकिरसमेत गरेका छन्।

एपी–वान टेलिभिजनमा कार्यक्रम प्रस्तोता भुषण दाहालसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद पदका लागि नभएको दाबी गर्दै अबका दिनमा पार्टीको ध्यान महाधिवेशनमा हुने समेत बताएका हुन्। ‘यो कुरा पदकै लागि हुन्थ्यो भने हाम्रो पार्टी एकता र निर्वाचनका बेला गठबन्धन समेत हुन सक्ने थिएन,’ प्रचण्डले भने।

कार्यक्रममा बोल्दै नेकपाभित्रका विवाद समाधानका लागि गठित कार्यदलले अहिलेसम्म उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने र पार्टीलाई सकारात्मक ढंगमा अघि बढाउने भनाइ उनले राखे। भने, ‘कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।’

पार्टी विवाद मिलाउन चर्चामा रहेका मन्त्रीमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्तिलगायत विषयमा भने सचिवालयमा छलफल गरेर अगाडि बढ्ने योजना रहेको उनले सुनाए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily