काठमाडौं- काठमाडौं उपत्यकामा गएरातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको थियो ।
निषेधाज्ञाको पालना नगर्ने सयौँ व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । निषेधाज्ञाको कार्यान्वयनका लागि सडकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।
काठमाडौँका प्रजिअ जनकराज दाहालले निषेधाज्ञाको पालना नगर्ने सबैलाई कानुनी कारबाही हुने बताएका छन् ।
औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ ।
हेर्नुस् १७ बुँदे निर्णय
प्रतिक्रिया