+
Search

ताजा अपडेट +

पपुलर +

रेल्वे निर्माण : जग्गा प्राप्त नहुँदै २८ अर्बको ठेक्का, पेस्कीबापत २ अर्ब ८० करोड भुक्तानी

4KNationalDaily
२०७७ भाद्र ८, सोमबार ०९:३९ बजे

काठमाडौं- अख्तियार तथा महालेखाको निर्देशन र अर्थ मन्त्रालयको मार्गदर्शन मात्र होइन, सार्वजनिक खरिद नियमावली भन्छ-जग्गा प्राप्ति भएर साइट खाली नहुँदै ठेक्का लगाउन पाइनेछैन ।

तर, इनरुवा-काँकडभिट्टा रेलमार्गको जग्गा प्राप्ति त परै छ, प्रभावित क्षेत्रका जनताले आफ्नो कति जग्गा रेलमार्गमा पर्ने हो भन्नेसमेत स्पष्ट थाहा पाएका छैनन् । उता आठ हजार ३० रूख काट्ने भनिएको वन विभागले जानकारीसमेत पाएको छैन ।

इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणका नाममा मिलेमतोमा ठेकेदार पोस्ने र आयोजना अलपत्र पार्ने खेल मात्र भएको खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन वस्नेतचिरञ्जीवि घिमिरेले लेखेका छन्।

कानुनी र संवैधानिक निकायको निर्देशनविपरीत ठेक्का लगाएर पेस्कीबापतको रकम वितरण गरिहाल्ने तयारी छ । २८ अर्ब रुपैयाँको पेस्कीबापत दुई अर्ब ८० करोड रुपैयाँ खर्च गर्न सकिने कानुनी व्यवस्था छ । यही रकम दुरुपयोग गर्न जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी ठेक्का लगाउने हतार गरिएको छ।

काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर रेलमार्गको ५४ प्याकेजको प्राविधिक प्रस्ताव खोलेर अहिले मूल्यांकन भइरहेको छ । यसपछि प्राविधिक मूल्यांकनमा पास हुनेको आर्थिक प्रस्ताव खोलिने तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily