+
Search

ताजा अपडेट +

पपुलर +

केपी ओलीलाई ‘पावरफूल’ बनाउने १६ पन्ने प्रतिवेदन [पूर्णपाठ सहित]

4KNationalDaily
२०७७ भाद्र ९, मंगलवार ०७:२६ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्ने बताएको छ।

गत साउन ३० गते गठन भई भदौ ६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझाएको कार्यदलले प्रतिष्ठानहरु गुटबन्दीको माध्यम बन्दै गएको स्वीकार गरेको छ।

‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघसंस्था परिचालित छन्। यी मध्ये अधिकांश गुटवन्दीको माध्यम बन्दै गएका छन्। गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ, ‘त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक श्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने। त्यस्ता संस्थाहरुमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने।‘

नेकपामा प्रतिष्ठानहरुको आलोचना हुँदै आएको छ। गत माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटी बैठकमा बोल्ने कैयौं सदस्यहरुले प्रतिष्ठानहरु गुटको अखडा भएको भन्दै खारेज गर्न माग गरेका थिए।

पछिल्ला दिनमा मदन भण्डारी फाउन्डेसनमार्फत अध्यक्ष ओलीको गुट सक्रिय रहेको उनी इतर पक्षका नेताहरुले लगाउँदै आएका छन्।

कार्यदलले प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिना भित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेश सहित कार्यदल गठन गर्ने सुझाव पनि दिएको छ।

प्रतिवेदनमा भनिएको छ- ‘कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यस उपर छलफल गरी आवश्यक निर्णय लिने। तब सम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने।‘

प्रतिवेदनको पूर्णपाठ

https://drive.google.com/file/d/1oThzS1XP_RBt6ciiXpr65lcfLRvoyiOA/view

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily