गाेरखा- संचारकर्मी ईश्वर ढकालको ‘पर्खाइमा’ बोलको गीत युट्यूव मार्फत सार्वजनिक भएको छ।
ढकालको शब्द रचना रहेको उक्त गीतलाई गायक/संगीतकार आशु लामाले स्वर दिएका छन् भने संगीत गीत पनि गायक लामा कै रहेको छ।
सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका छन्।
संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल मार्फत सार्नजनिक गरेका छन्। ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’, ‘पर्खाइमा’ लगायत आधा दर्जन गीत रेकर्ड भैसकेका छन्।
भिडियाे
प्रतिक्रिया