+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबाट हुने मृत्युदर ह्वात्तै बढ्यो, हरेक ४ घण्टामा एकको मृत्यु

4KNationalDaily
२०७७ भाद्र १०, बुधबार ०७:४० बजे

काठमाडौं- कोरोना संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ।

यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा १ जनाको कोरोना संक्रमणका कारण ज्यान जान थालेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार साउनसम्म कोरोनाको कारण मृत्युदर ०.४ प्रतिशत थियो। अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ।

साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या एक सय ४ थियो। मंगलबार एक सय ६४ पुगेको छ। नेपालमा संक्रमितको पहिलो मृत्यु २ जेठमा भएको थियो। रासस रासस

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily