गोरखा- दलित विधार्थी संघ गोरखाले झापाको मेचिनगर-१५, चारआलीमा भएको कुटपिट घटनाप्रति विरोध जनाएको छ ।
जातिय विवादलाई लिएर सोमबार झापा चारआली स्थीत राजन दर्जी र कुटपिट छुट्याउन गएकी किर्तिमान राष्ट्रिय खेलाडी समेत रहेकी चन्द्रकला लामगादे माथी भएको दुरव्यहार र निर्मम कुटपिट प्रति संघले विरोध जनाएको हो ।
घटनालाई लिएर दोषीलाई कडा करवाहीको माग गदौ आज संघले आज प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई माफर्त प्रधानमन्त्री कार्यलयमा ध्यानाआर्कषण पत्र बुझाएको छ ।
प्रधानमन्त्री कार्यालयमा पठाइएको ध्यानकर्षण पत्रमा मुलुक जातीय छुवाछुत मुक्त भैसक्दा पनि २१औं शताब्दीमा यसप्रकारको घटना घट्नुले समाज कता तर्फ जादैछ भन्ने उजागर भएको उल्लेख गरिएको छ ।
संघका जिल्ला अध्यक्ष परिवारद्रारा हस्ताक्षरित ध्यानार्कषण पत्रमा यस किसिमका अपराधिक घटना दोहोरिन नदिन नेपाल सरकारको गम्भीर ध्यानाआर्कषण गराइएको छ ।
ज्ञापन पत्र
प्रतिक्रिया