+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना संक्रमणबाट गोरखाका पुरुषको चितवनमा मृत्यु

4KNationalDaily
२०७७ भाद्र १३, शनिबार ०९:३० बजे

गाेरखा- कोरोना संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ । चितवन स्थित भरतपुर अस्पतालको आईसोलेसन कक्षमा उपचाररत गोरखा नगरपालिका १३ रामशाह टोलका कोरोना संक्रमित ३८ वर्षिया पुरुषको निधन भएको हो ।

उच्च ज्वारो आएपछि गत भदौ ६ गते उपचारका लागि भरतपुर अस्पताल गएका थिए । उनमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको आज २ः३० बजे भरतपुर अस्पतालको कोभिड आईसियुमा उपचार कै क्रममा निधन भएको अस्पतालले जानकारी दिएको छ। उनी शहीद लखन गाउँपालिका ३ स्थित नयाँपुलमा रेष्टुरेण्ट सञ्चाल गर्थे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily