काठमाडौं- जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पाँचवटा बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सामाजिक सञ्जालमा आफूले लेखेका विषयमा बुझ्न नचाहने र मूर्खदेखि टाढै रहने बताएका हुन्।
सामाजिक सञ्जालमा लेखिएको विषयमा भट्टराईको तिखो आलोचना हुने गरेपछि उनले लेखेरै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
‘१. अरूबाट सिक्ने,आफूले जानेको बाँड्ने‚ २.सत्य र न्यायको पक्षमा उभिने‚ ३.शोषित, उत्पीडित र विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने‚ ४. जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(टिट फर ट्याट)‚ ५.बुझेर बुझ पचाउने ठग(क्रुक्स) र नबुझ्ने/बुझ्न नचाहने मूर्ख(फुल)देखि टाढै बस्ने’ भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्।
उनले आफ्नो व्यक्तिगत र पार्टीगत धारणा प्रायः सामाजिक सञ्जालबाटै व्यक्त गर्दै आएका छन्।
Social Media बारे मेरो प्रतिबद्धता:१.अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने;२.सत्य र न्यायको पक्षमा उभिने;३.शोषित/उत्पीडित/विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने;४.जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(tit for tat);५.बुझेर बुझ पचाउने ठग(crook)र नबुझ्ने/बुझ्ननचाहने मूर्ख(fool)देखि टाढै बस्ने!
— Baburam Bhattarai (@brb1954) August 30, 2020
प्रतिक्रिया