+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, हुदैछ महत्वपूर्ण निर्णय

4KNationalDaily
२०७७ भाद्र १४, आईतवार २०:१५ बजे

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले मन्त्रिपरिद् बैठक सुरु भएको जानकारी दिएका हुन्।

मन्त्रिपरिषद् बैठक नियमितमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने बताइएको छ।

राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा छलफल हुने बुझिएको छ।

भदौ २० गतेसम्ममा अर्थमन्त्री डा युवराज खतिवडालाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधानका कारण उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुने भएकाले आइतबारको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily