काठमाडौं- नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल सप्तरीबाट रिहा भएलगत्तै फरार भएका छन्।
सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरीले जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भए।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई साँझ नै प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो।
जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए। सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ। रासस
प्रतिक्रिया