+
Search

ताजा अपडेट +

पपुलर +

सिपिएल : तलावाजको चौथो हार, प्रतियोगितामा सन्दीपको १० विकेट

4KNationalDaily
२०७७ भाद्र १७, बुधबार ०९:३७ बजे

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमाइका तलावाजले सातौँ खेल हारेको छ।

यसअघि तीन जित र तीन हार भएको तलावाज मंगलबार राति ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो।

पहिले टस जितेर तलावाजले फिल्डिङ रोजे पनि सोचेजस्तो किफायति बलिङ गर्न सकेन। न त सुरुवातमा सम्हालिएको ब्याटिङ नै गर्न सक्यो।

पहिले ब्याटिङ गरेको नाइट राइडर्सले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो। जहाँ सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए। जुन प्रतियोगितामा उनको १०औँ विकेट हो।

१ सय ८५ रनको लक्ष्य पछ्याएको तलावाजले पूरा २० ओभर खेल्दै ६ विकेट जाँदा १ सय ६५ रन मात्र बनाउन सक्यो। पहिलो बलमा नै चाडविक वाल्टनको विकेट गुमाएको तलावाजले त्यसपछि सम्हालिएर खेल्न सकेन। रसेल र ब्रेथवेटले अन्तिमतिर गरेको प्रयास पनि पर्याप्त भएन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily