काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) भातृ संगठन समाजवादी विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ।
बुधबार समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा मूल्यवृद्धि गर्नु उचित नभएको बताएका छन्।
‘सरकारले तत्काल गल्ति सच्याएर पेट्रोलियम पदार्थजस्तो अति आवश्यक वस्तुमा व्यापारको नियम रोकेर मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोकियोस्’ श्रेष्ठले विज्ञप्तमा उल्लेख गर्दै भनेका छन्, ‘अन्यथा कोरोनाको महाव्याधी भएपनि जनता र आम युवा विद्यार्थी सडकमा आएर सरकारको चेत खुलाउन बाध्य हुनेछौं।’
कोरोना महामारीमा आमजनताको धर्यको बाँध टुट्न लागेको बताउँदै श्रेष्ठले जनतालाई पेट्रोलियम पदर्थको मूल्यवृद्धि गरी थप समस्यामा नपार्न आग्रह गरेका छन्।
विज्ञप्ति
प्रतिक्रिया