+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाका अध्यक्ष डा लोहनी भन्छन् – सरकार बेसारमा रमायो, जनतालाई बाँच्न गाह्रो भयो

4KNationalDaily
२०७७ भाद्र १८, बिहीबार १६:२८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको भन्दै जनतालाई भने बाँच्न कठिन भएको बताएका छन् । लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्नतर्फ लागेको समेत अध्यक्ष लोहनीले बताएका छन् ।

‘एकातर्फ पैसा छैन भन्ने अर्कोतर्फ रेल ल्याउने बहानामा, कानूनविपरीत तीस अर्बको ठेक्का सेटीङमा बाँडफाँड गर्ने गर्ने काम भएको छ’, लोहनीले भने ।
हरियो मकै बारीमा पसेको साँढेले मनपरी गरे जस्तो अवस्था छ भन्दै लोहनीले देशमा भ्रष्टाचार, लुट ब्याप्त रहेको बताए । उनले भने, ‘अब तपाईँ भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ ?’

सामाजिक सञ्जालमा डा लोहनीको तीन बुँदे टिप्पणीः

काठमाडौंमा जतिसुकै बेसार पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । नेपालका गरिव किसानहरु केही केजी मलको लागि भिडम्भिड गरेर लाममा घन्टौ बस्न बाध्य छन् । तैपनि मल छैन तर बाँच्नको लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । अर्थमन्त्री को हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेको छ ।

भारतमा कोभिडको महामारी छ । तर सुदूरपश्चिमान्चलबाट हजारौं युवाहरु कोरोनपिडित भारतमा जाँदै गरेको तस्बीर आजका छापाहरुमा छन् । डा. हेमराज पन्तले भने जस्तो यो भन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरी देशभित्रै बाँच्ने वातावरण किन बनाउन नसकेको ? यो देशमा सरकार छ कि लुटको राज छ ?

एकातिर पैसाको अभाव भनिन्छ भने अर्कोतिर मुवाब्जासम्म वितरण नगरी कानुनविपरित तीस अर्बको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिन लग्यो भन्ने खबर ब्याप्त छ । तर सरकार मौन छ । हरियो मकै बारीमा पसेको साँढे जसले जे गरे पनि मकै खान नछोड्ने जस्तो उसको चरित्र छ । अब तपाईँ भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily