+
Search

ताजा अपडेट +

पपुलर +

शशांकलाई विमलेन्द्रको जवाफ, ‘मैले मात्र हराउन सक्छु भनेर कुनै फाइदा छैन, हराउनुछ भने कम्युनिस्टलाई हराउँ’

4KNationalDaily
२०७७ भाद्र १८, बिहीबार १८:२९ बजे

काठमाडौं- नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले लोकतन्त्र जोगाउन काँग्रेसमा एकताको खाँचो रहेको बताएका छन् ।

जीपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रद्वारा बिहीबार आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा उसभापति निधिले सबै मिलेर जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘जनतामा काँग्रेसले मात्र लोकतन्त्र जोगाउन सक्छ भन्ने छ । हामी सबै मिलेर जानुपर्छ । मैले मात्र कसैलाई गराउन सक्छु भन्ने कुरा नगरौँ । हाम्रो लक्ष्य र उद्देश्य कम्युनिस्टलाई हराउन पर्ने हो । फेरि नेकपाले जित्यो भने नेपाल कम्बोडिया बन्छ ।’

महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई हराउने व्यक्ति काँग्रेसमा आफूमात्र भएको बताएकोप्रति लक्षित गर्दै निधिले देउवालाई हराउने कि कम्युनिस्टलाई भन्ने प्रश्न उठाए ।

काँग्रेसले ल्याएको परिवर्तन, संघीय लोकतान्त्रि गणतन्त्रिक व्यवस्था राख्ने कि नराख्ने भन्ने प्रश्न उठेको निधिले बताए ।

यस्तै उनले महाधिवेशनको मोडालिटी परिर्वतन गर्नुपर्ने बताए । निधिले भने, ‘महाधिवेशनको मोडालिटी परिर्वतन गरौँ । बारको चुनावको प्रणालीलाई अवलम्बन गरौँ भन्ने कुुरामा म सहत छु वा १ सय ६५ क्षेत्रबाट पनि महाधिवेशन गर्न सकिन्छ ।’

नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय पदाधिकारीले महाधिवेशनका लागि माग नगरेका गुनासो गरेपछि निधिले भने, ‘हामी महाधिवेशन गर्न तयार छौँ । केही दिनअघि सभापतिजीले केन्द्रीय समिति बैठक बोलाउन भन्नुभएको थियो । त्यसबारेमा रामचन्द्र दाइसँग छलफल गरेको थिएँ । भ्रातृ संस्था, जनसम्पर्क समिति म्याद थप्ने कुरा गरौँ भन्ने कुरा छ । रामचन्द्र दाइले जुम बैठक गर्नु सकिँदैन भन्नु भयो । मैले त जुन बैठकमा गरौँ भनेको थिए । हामी संवेदनहीन बन्नु भएन । कोरोना महामारी सुरक्षित भए काम गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा हामी सचेत छौँ ।’

उपसभापति निधिले कोरोनाका कारण आगामी फागुन ७ गते महाधिवेशन गर्न नसकिने सम्भावना बढेको बताए ।

‘कोरोना हाम्रो हात छैन । महाधिवेशन बैशाखमा गर्ने कुरामा नेताहरुबीच छलफल भएको थियो । फागुनमा महाधिवेशन गर्न सकिछ भने ठीक छैन । पहिले पनि नभए बैशाखमा गरौँ भन्ने छलफल भएको थियो । महाधिवेशन गर्ने करा काबुभन्दा बाहिर छ,’ निधिले भने ।

निधिले महाधिवेशनको निष्पक्षतमाथि आशंका गर्नु आवश्यक नभएको बताए । उनले भने, निष्पक्षतामा प्रश्न उठेको छ । सरकार र प्रतिपक्षीजस्तो आशांक गर्नु हुँदैन । सहमितबाट निष्पक्ष महाधिवेशनका लागि राधेश्याम अधिकारी नेतृत्व समायोजनको काम दिएको छ ।

समायोजनामा ढिलो हुनुमा केन्द्रीय कार्यसमितिभन्दा पनि जिल्ला सभापतिका कारण देखिएको उनले बताए ।

उनले भने, ‘निर्वाचन समितिले हामीले गटाएको डिएलएका प्रतिनिधिलाई जिल्ला सभापतिले टेर्नु भएको छैन भनेर गुनासो गुर्न भएको छ । समायोजनमा केन्द्रीय कार्यसमिति र पदाधिकारीले काम गरेन भनेर भन्ने कुरामा सहमत छैन ।’

यस्तै निधिले १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्दा राम्रो हुने बताए । सर्वसम्मत नेतृत्वको चयनमा सक्रिय रहेका उपसभापति निधिले भने, ‘१४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरौँ सक्यौ भने उत्तम हुन्छ । तर गाह्रो छ , प्रयास र थालनी त गरौँ । सम्भव छ । परिवर्तनर एकता सम्भव छ । यसका लागि तयार हौँ भन्न चाहन्छु ।’

वर्तमान राज्य व्यवस्थामा काँग्रेस प्रस्ट हुनुपर्नेमा निधिले जोड दिए । ‘राष्ट्रियता लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता मिश्रित निर्वाचन, धर्मनिरपेक्षा हामीले ल्याएको परिवर्तन हो । तर हामी अर्काको पक्षी लागौँ भन्छौँ, अनि हाम्रो पछि जनता किन लाग्छन् ?,’ निधिको प्रश्न छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily