+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्री डा खतिवडाले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

4KNationalDaily
२०७७ भाद्र १९, शुक्रबार १९:१५ बजे

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा मन्त्री खतिवडाले राजीनामा दिने बताएका थिए।

उनले अर्थमन्त्रीका रूपमा काम गर्न अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए। बैठकमा उनले आफ्नो कार्यकालमा भएका सुधारका तथ्यांक समेत प्रस्तुत गर्दै सरकारले चाहेका बेला आफूले सहयोग गर्ने बताएका थिए।

बैठकपछि उनले अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर कर्मचारीसँग बिदाइ भएका थिए। अर्थ मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको उल्लेख गरे।

अर्थ मन्त्रालयका दुवै सचिव, महालेखा नियन्त्रक, महाशाखा प्रुमखहरू र कर तथा भन्सारका महानिर्देशकलाई बोलाएर मन्त्री खतिवडाले आफ्नो कार्यकालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखापरीक्षण ऐनजस्ता महत्वपूर्ण कानुन बनाइएको भन्दै खतिवडाले त्यसले प्रणाली सुधारमा जग बसालेको उल्लेख गरेका थिए।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएर बिदा हुँदै उनले सरकार बाहिर रहेर पनि समृद्धिको अभियानमा जुटिरहने बताएका छन्।

उनले भने, ‘काम गरिरहँदा सबै कुरा मिल्दैनन्। वृहत्तर राष्ट्रिय हितमा कुरा गरिरहँदा कसैको चित्त दुखेको रहेछ भने राष्ट्रहितको लागि काम गरेको भनेर बुझ्न‌ुहोला, व्यक्तिगत हितका लागि गरेको होइन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily