+
Search

ताजा अपडेट +

पपुलर +

एकैदिन १५ सय ६६ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुग्यो

4KNationalDaily
२०७७ भाद्र २०, शनिबार १६:५६ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ। आज देशभरमा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily