+
Search

ताजा अपडेट +

पपुलर +

रासायनिक मल प्रकरणः शैलुङ र होविको मल्टीपललाई कालोसूचीमा राख्ने निर्णय

4KNationalDaily
२०७७ भाद्र २१, आईतवार १५:४२ बजे

काठमाडाैं- सरकारले समयमा रासायनिक मल नल्याउने दुई वटा ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार बिहान कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपललाई समयमा मल नल्याएको भन्दै धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीको पाँच-पाँच करोड धरौटी जफत गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो । यसको औपचारिक निर्णय कृषि मन्त्रालयले आजै गर्ने बताइएको छ ।

यी दुई कम्पनीले लिमिटेडसँग हिजो अर्थात भदौ २० गतेसम्ममा स्म्झौताअनुसार मल नेपाल भित्र्याइसक्नुपर्ने थियो । तर, उनीहरुले मल ल्याउन म्याद थपको निवेदन दिएका छन् ।

कृषि कम्पनीले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात गर्न ७ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये करिब साढे २ लाख टन मात्रै मल भित्रिएको छ ।

कृषिमन्त्री घनश्याम भुसालले समयमा मल नल्याउने कम्पनीमाथि कारबाही गर्नै प्रतिबद्धता व्यक्ति गरिसकेका छन् । उनले सम्झौता अवधि सकिएपछि दुवै कम्पनीलाई कालोसूचीमा राखेर धरौटी जफत गर्ने बताइसकेका छन् ।

मन्त्री भुसालले बंगलादेशबाट ५० हजार टन मल पैचों मागिएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच वार्ता गराएर मल आयातलाई थप सहज बनाइएको बताए ।

प्रधानमन्त्री अ‍ोलीले समकक्षी हसिनासँग ५० हजार टन युरिया मल पैंचो दिन आग्रह गरेका थिए । समकक्षी हसिनाले उक्त प्रस्तावलाई सकारात्मक रुपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । खेतिपातीको मुख्य सिजनमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग सापटी मागिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily