काठमाडौं- युवा फुटबल स्टार केलिएन एमबाप्पेले पीएसजी छाड्ने मनसाय बनाएका छन्।
द टाइम्सका अनुसार एमबाप्पेले आफ्नो क्लब पीएसजीलाई आगामी वर्ष छाड्ने नेर बताइसकेका छन्।
सन् २०२१–२०२२ को सिजनको अन्त्यसँगै एमबाप्पे र पीएसजीबीचको सम्झौता सकिँदैछ।
एमबाप्पेले क्लबको बोर्डलाई क्लब छाड्ने बताएपछि हालसम्म पनि एमबाप्पेको नयाँ कन्ट्र्याक्ट थप्ने विषयमा कुरा नभएको बताइएको छ।
एमबाप्पेलाई फुटबल क्लब रियल मड्रिडले अनुबन्ध गर्ने चर्चा चलेको छ। यद्यपी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि एमबाप्पे अनुबन्ध गर्न चासो देखाएका छन्।
मेस्सीले आगामी सिजन बार्सा छाड्ने सम्भावना बढि भएको समयमा बार्सिलोनाले समेत एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गर्नेछ। एजेन्सी
प्रतिक्रिया