+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिमण्डल पुनर्गठन : वामदेव र नारायणकाजीलाई नलाने, थापा र पोखरेल नहट्ने

4KNationalDaily
२०७७ भाद्र ३१, बुधबार ०८:३२ बजे

काठमाडौं- अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् ।

उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उनको सोच छ । यसरी प्रधानमन्त्रीले अबको क्याबिनेटमा सामेल नगरिने भनेकामध्ये एक उपाध्यक्ष वामदेव गौतम र अर्का प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

अर्कातिर, नहटाइनेमध्येका भनी रामबहादुर थापा र ईश्वर पोखरेलको नाम सुनाइएको छ । तर, नहटाइने भनिएका यी दुई मन्त्रीका पोर्टफोलियो के हुन्छन्, त्योचाहिँ टुंगो छैन ।

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जलस्रोत मन्त्री वर्षमान पुनलाई नहटाउने संकेत दिइसकेको बुझिएको छ । बाँकीको हकमा छलफलको प्रक्रियाबाट टुंगो लाग्ने घडी नजिकै छ । नेकपाभित्र चलेको चर्चाअनुसार, स्थायी कमिटी सदस्यमध्ये प्रतिनिधिसभामा निर्वाचितमध्येबाट अब मन्त्री बन्न बाँकी देवेन्द्र पौडेल मात्रै हुन् । बाबुरामको नयाँशक्तिबाट विद्रोह गरेर नेकपामा फर्किएका उनी शायद अब मन्त्री बन्दैछन् । यस्तै, पम्फा भुषालको पनि सम्भावना रहेकाे आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

एमसिसीको विरोधी र कडिकडाउ बोल्ने स्वभाव तथा उपप्रधानमन्त्री रहिसकेको मर्यादाक्रमको कारण भीम रावलको सम्भावना छैन । प्रदीप ज्ञवाली अर्थमा जान इच्छुक देखिएको बताइन्छ । यदि, नारायणकाजी मन्त्री बनेमा गिरिराजमणि पोखरेलले शिक्षाबाट बहिगर्मित हुनुपर्नेछ ।

शुरुमा मन्त्री बनेका सबैलाई हटाइने मापदण्ड बन्यो भने घनश्याम, योगेश, पार्वत र शिवमायाबाहेक सबैजना बिदा हुनुपर्ने हुन्छ तर प्रधानमन्त्री स्वयंले बादल र ईश्वरको हकमा अडान लिएरै त्यो सम्भावनालाई धमिलो बनाइसकेका छन् । मन्त्रिमण्डल ढिलोमा असोज दोस्रो सातासम्म पुनर्गठन भैसक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily