+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै

4KNationalDaily
२०७७ भाद्र ३१, बुधबार १६:५३ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ।

नियमित सचिवालय बैठक बालुवाटारमा बस्दै आएपनि शुक्रबारको सचिवालय बैठक पेरिसडाँडा बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

कार्यकारी अध्यक्ष प्रचण्डले जिम्मेवारी पाएपछि सचिवालय बैठक पेरिसडाँडा बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराही भएपनि सचिवालय बैठक पेरिसडाँडा बोलाएको छ। सो बैठक नेकपाका कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बस्दैछ।

बैठकमा पूर्वसभामुख कृष्णबहादुर महारालाई पार्टीमा जिम्मेवारी दिने विषयमा समेत छलफल हुन सक्ने बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily