+
Search

ताजा अपडेट +

पपुलर +

बच्चन परिवारलाई कंगनाको प्रश्न, ‘यस्तो तपाईँको परिवारमा भएको भए ?’

4KNationalDaily
२०७७ आश्विन १, बिहीबार ०९:३४ बजे

काठमाडौं- बलिउड अभिनेत्री कंगना रनावत लगातार चर्चामा आइरहेकी छन्। उनी सामाजिक सञ्जालमा निडरताका साथ अभिव्यक्ति दिँदै आएकी छन्।अहिले उनले गरेको एक ट्वीटको कारण उनी फेरि चर्चामा छिन्।

कंगना रनावतले ट्वीट गरेर भनिन् ‘जया जी, तपाई अझै पनी यस्तो कुरा गर्नुहुन्छ यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई कुटपिट गरियो, ड्रग्स दिइयो र किशो’रावस्थामा दुर्व्यवहार गरियो। के तपाईं अझै यसो भन्नुहुने थियो । यदि अभिषेकले लगातार दुर्व्यवहार र उत्पीडनको गुनासो गर्यो र एकदिन आफूलाई झुण्ड्यायो के प्रतिक्रिया हुन्छ तपाइँको कहिलेकाहीँ हाम्रो लागिपनि दया देखाउनुस्।’

अभिषेक र श्वेता बलिउड सुपरस्टार अमिताभ बच्चन र जया बच्चनका छोरा र छोरी हुन्। बलिउडकी कलाकार साथै समाजवादी पार्टीकि सांसद जया बच्चनले राज्यसभामा लागुपदार्थको नाम लिएर बलिउडलाई बदनाम गर्ने षडयन्त्र भइरहेको बताएकी थिइन्।

फिल्म उद्योगमा जसले अरुको सहयोगमा मात्र नाम कमाए आज उनीहरुनै बदनाममा लागि परेका छन् जयाले थपिन्। कंगनाले उनको यहि भनाइमा तुरुन्तै प्रतिक्रिया देखाई हालिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily