गाेरखा- नेपालहरुको महान पर्व बडा दशै नजिकै गर्दा क्रमिक रुपमा सदाझै दशै गीत बजारमा आउन थालेका छन ।
नेपालमा बस्ने होस या बिदेशमा नै किन नहोस सबै लाई दशैले छुन थालिसकेको छ । स्थायी घर गोरखा भै हाल अमेरिका बस्दै आएकी सरिता मरासिनीमो दशै गीत झल्को घामको बजारमा आएको छ ।
गए बिदेश प्लेन र बसैमा, आइन आमा यसपाली दशैमा… झल्को घामको, न टीका आशीर्वाद बाबा आमाको…जस्ता मार्मिक शब्द रहेको गीत सङ्गीत प्रेमी सरिता मरासिनीले लेखेका हुन ।
लोकप्रिय कलाकारहरु शान्ती श्री परियार र राजन कार्कीले स्वर रहेको यस गीतमा सागर लामाले सङ्गीत भरेका छन । बहुचर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा छायांकन गरिएको गीतमा सुरबिर पण्डित, चिजा तामाङ, सुमन परियार रश्मि भट्ट र पुजा भट्टले अभिनय गरेका छन ।
साई भिजन प्रा लि को ब्यानर मा आएको झल्को घामको लाई स्वयं सरिता मरासिनी को यूट्यूब च्यानलबाट बजारमा आएको छ। गीतमा दशैमा प्रदेश हुनुको पीडा साथीभाई सङ्ग रमाइलो गर्न नपाईएको कुरा दर्शाएको छ ।
भिडियाे
प्रतिक्रिया