+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संशोधन गर्नुपरे विना भड्काउ तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

4KNationalDaily
२०७७ आश्विन २, शुक्रबार १७:१६ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘स्थिरताको नाममा, स्थायित्वको नाममा संविधान अपरिवर्तनशील विषय होइन । व्यवहारगत रुपमा, समाजवादलाई अगाडि बढाउने सन्दर्भमा प्रणालीगत हिसाबले होस्, संरचनात्मक हिसाबले होस्, कानुनी अप्ठ्याराका हिसाबले होस्, कुनै ठाउँमा देश र जनताको आवश्यकता औचित्यतताका आधारमा संशोधन परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

परिवर्तनको उपलब्धीलाई अगाडि बढाउन, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधान संशोधन हुन सक्ने उनले बताए । ‘त्यस्तो पर्‍यो भने संविधान असंशोधनीय दस्तावेज होइन । संशोधनीय चिज हो’ उनले भने ।

नेपालको संविधानले कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य गरेको भन्दै सरकार प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily