नेपालमा अनेकौ क्रान्तिहरु भए यसै क्रान्ति लाई सफल पार्नको निमित्त लाखौ सपुतहरुले आफ्नो ज्यानको बलिदान दियर सहिद भए । कयौ योद्दाहरु ऐले पनि घाइते, अपाङ्ग, शरीरभरि उहि क्रान्तिको घाउ बोकेर पलपल तड्पिरहेका छन् ।
कयौ क्रान्तिहरु सफल भए होलान अझै कति त पुरा हुनै बाकि होलान । मैले थाहा पाए अनुसार देशमा राजतन्त्र फालेर आज गणतन्त्र ल्याउन पनि सफल भयका छौ । जनताको छोरि आज देशको सर्बोच्च पद रास्ट्रपति जस्तो उच्च ओदाहामा छन । जनताकै छोरा देशको उच्च तहमा प्रधानमन्त्री जस्तो गरिमामय सदनमा छन ।
जनताकै छोराहरु मन्त्री/सांसद भयका छन, चिल्ला चिल्ला गाडिमा सरर ओहोरदोहोर गरिरहेका छन । खै गणतन्त्र कहा आयो ? कस्को लागि आयो ? के गरिब र निमुखा जनताको आगनमा आयो ? आउन चाहि आयो रे आखिर आयो चाहि कहा ? हो, यस्तै छन हामि निमुखा जनताको लागि, आयो त हुने खाने लाई आयो, हामि आवाज बिहिन जनताको लागि कहा आउनु ! बरु ठुला ठुला नेता लाई आयो, मन्त्रीलाई आयो, सांसदलाई आयो, कार्यकर्तालाइ आयो ।
यहि गणतन्त्रलाई सस्थागत गर्दै करोडौं नेपालिहरुको लागि आसा भरोसा अनि खुसिको हासो बनेर देशमा नंया संविधान आउने पक्का पक्कि भैरहेको थियो । बिभिन्न राजनीतिक पार्टी रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद बिभिन्न क्षेत्रको ब्यक्तित्वलगायत करोडौं नेपाली जनताको दर्बिलोसाथ सङ्गै देशमा नया संविधान जारि भएको छ ।
नेपालको पहिलो रास्ट्रपति रामबरण यादबद्वारा नेपालको संविधान घोषणा भएको जानकारी सांसद भवन बाट गरे । त्यहि खुसिमा देशै भरि दिप प्रज्वलन गरे । करोडौं नेपाली मनहरुले खुसि साटासाट गरे । देश भरिको चोक चोकमा, गल्लि गल्लिमा, गाउँ-गाउँमा पनि नेपालको नयाँ संविधानलाई भब्य रुपले स्वागत गरे ।
अब संविधान त आयो हामि जनताको लागि पक्कै केहि नया अबसर बनेर आउनेछ। बिकाश निर्माणका ढोकाहरु खुल्नेछन,देशमै रोजगारिका बाटोहरु सृजना हुनेछन । अब बिगतको जस्तो दिनहरु आउने छैनन भनेर हामि मख्ख पर्यौ, तर बिडम्बना ति हामिले देखिएको सपना, हामीलाइ देखाइएको सपना, उहि सपना मात्र भैरहेको छ ।
आखिर जनताको जिबनस्तर भने पहिला जहाँ थियो अहिलेपनि त्यहि छन । देशमा नयाँ संविधान जारी भैसके पछि अब करोडौं नेपालीलाइ त्यहि नियम कानुनले बराबर गर्छ भन्नु हाम्रो मुर्खता रहेछ। देशले नया संविधान पायो अब असमानताले भरियको खाडलहरु अबस्य पुरिनेछन भनेर आसा गर्नु बेक्कार रहेछ !
गणतन्त्र र नया संविधानले हामी निमुखा जनतालाई के ल्यायको छ । उहि मन्त्रीको लागि ल्यायको रहेछ। सांसदको लागि ल्यायको रहेछ । नेता कार्यकर्ताको लागि ल्यायको रहेछ ।
अब यी काम लाग्दैन भनेर जनताले चुनाबमा मिल्काइयका नेतालाई सांसद बनाइयको छ । आफ्ना आसेपासे भाइ भतिज/भान्जाभान्जिलाई मन्त्रीहरुकै दबाबमा रातारात जागिर मिलेको छ। भ्रष्ट भुमाफियाहरु, बलात्कारिहरु मन्त्री पदमै बसेर करोडौं भ्रष्टाचार गर्न लिप्त छन । आफ्नै नातेदारहरु भर्ति गर्न हतारमा छन ।
कसरी हुन्छ आफ्नै पेट भर्न कम्मर कसेर लागि परेका छन। गाउँ-गाउँमा सिहदरबार भन्ने नारा घन्काउदै हत्याहिंसा/लुटपाट/गुन्डागर्दी/गर्दै देशको ढुकुटी स्वाहा परिरहेका छन ।
ठुला ठुला बिकाश निर्माणका ठेक्का पट्टा भ्रष्टाचारी नेताहरुकै मिलोमतोमा आफ्नै वरपरकालाइ पारिरहेका छन । एउटै आयोजना २०औ बर्ष सम्म निर्माण गर्न सकिरहेका छैनन ।
त्यहि आयोजनालाइ गरि खाने भाडो बनाइ रहेका छन । बिकास निर्माणका ठुला ठुला गफ हाक्दै हुस्कि र ब्राण्डिसङ्ग लट्ठ भएर बसे पछि जनताको जिबनस्तरको बारेमा सोच्ने फुर्सद नै कहा छर यो स्वाठहरु लाइ । आज कयौ निर्मलाहरु दिनहु बलात्कार भैरहेका छन । खै ति दोषीहरुलाइ सजाय?
सरकारमै बसेर करोडौं भ्रष्टाचार गरिरहेका छन । अनि खै तिनिहरु सजाय ? जता पनि लुट्न मात्र अघि सरेका छन सरकारका मतियारहरु, त्यसैले गणतन्त्र र नयाँ संविधान आएपछि जनताले आसा गरेका कामहरु फिटिक्कै भयका छैनन । अब आउने दिनहरुमा यी असमानताहरुलाइ चिरेर अघि बढ्यो भने मात्र हामि निमुखा जनताले गणतन्त्र र नया संविधानको स्वाद चाख्न पाइयला ?
नत्र गणतन्त्र र संविधानबाट फाइदा पुग्ने भनेको तिनै भ्रष्ट दलालाइ नै हो भन्ने मेरो ठम्याइ छ । संविधानले निमुखा जनताको लागि ढलेको सिन्को भाच्न पनि सकिरहेको छैन तै पनि आज संविधान दिबसको अबसरमा करोडौं नेपालिलाइ सुभकामना ।
प्रतिक्रिया