+
Search

ताजा अपडेट +

पपुलर +

देशलाई बारम्बार प्रयोगको थलो नबनाऔं : रामचन्द्र पौडेल

4KNationalDaily
२०७७ आश्विन ३, शनिबार १०:०५ बजे

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरि संसोधन गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएलगत्तै पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन्।

उनले नेपाली जनताको लामो संघर्षपछि र धेरै दुःख मिहिनेत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सबै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत समेटेर देशमा राजनीतिक प्रणालीको टुंगो लगाएको बताए ।

पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको बर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् ।

उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाको संवोधन सबैको सहमतिमा गर्न सकिने बताए।

‘प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्‍याउने गरी सशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु नत राष्ट्र हितमा छ, नत त्यस्तो अधिकार कसैलाई छ,’ पौडेलल भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily