+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीले भने- भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ

4KNationalDaily
२०७७ आश्विन ३, शनिबार १३:३१ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ ।

संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छोडेर विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर दलहरु अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए।

उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गरे । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताए ।

कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily