+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई कांग्रेसको आग्रह- डा. केसीसँग तत्काल वार्ता गर

4KNationalDaily
२०७७ आश्विन ३, शनिबार १५:४१ बजे

काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनका लागि आग्रह गरेको छ ।

के.सी.ले जुम्लामा अनसनमा बसेको एक साता पुगिसकेको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति एक विज्ञप्ति जारी गर्दै सरकारले उनीसँग संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत बसिरहेका छन् ।

प्रवक्ता शर्माले विज्ञप्तिमार्फत् १० साउन २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गराएका छन् ।

‘त्यही वर्ष माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्दछ,’ उनले भनेका छन् ।

प्रवक्ता शर्माले डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily