+
Search

ताजा अपडेट +

पपुलर +

हप्तादिन भित्र मन्त्रिमण्डल पुनर्गठन : मन्त्री पनि सचिवालयबाटै तोकिने

4KNationalDaily
२०७७ आश्विन ४, आईतवार १८:०७ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।

पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने

दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने

तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सचिवालयले निर्णय गरेरै संघीय र प्रदेश सरकारका मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा सुझाव दिएको एक नेताले जानकारी दिए।

पार्टीको सिफारिसका आधारमा भदौ २९ गते सरकारले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। सोहिअनुसार राष्ट्रपतिबाट गौतम उपल्लो सदनको सदस्य नियुक्त भइसकेका छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

अर्का एक सचिवालय सदस्यका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुनसक्छ, दशैं पछाडि पनि धकेलिनसक्छ । यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily