+
Search

ताजा अपडेट +

पपुलर +

‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा खबर गर्नु’

4KNationalDaily
२०७७ आश्विन ५, सोमबार १५:४५ बजे

काठमाडौं– सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।

‘त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो,’ मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले फेसबुकमा लेखेका छन् ।

उनले कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ ।

सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर-११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सनिको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily