गाेरखा- जडिबुटीको समेत प्रर्बधन गर्ने उद्वेश्यका साथ धार्चे गाउँपालिकाकाे केन्द्र माछीखोलामा हार्ट बजार सुरू हुने भएकाे छ ।
स्थानियले उत्पादन गरेको बस्तु बजारीकरण गर्ने उद्वेश्यका साथ गाउँपालिकाले माछीखोला क्षेत्रमा हार्ट बजार निर्माण गर्न सुरु गरेको गाउँपालिकाले जनाएकाे छ ।
माछीखोलामा गाउँपालिका र युएनडिपीको साझेदारीमा हार्ट बजार निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष सन्ताेष गुरूङले बताए ।
‘धार्चे गाउँपालिका भित्रको ७ वटै वडाका दैनिक उपभोग्य बस्तुका साथै यहाँ पाईने जडिबुटीको समेत प्रर्बधन गर्ने उद्वेश्यका साथ हार्ट बजार सञ्चालनमा ल्याउन लागिएकाे हाे’ उनले भने ‘निर्वाहमुखी खेती प्रणालीलाई ब्यवसायमुखी बनाई कृषकको जिवनस्तर उकास्ने हिसाबले पनि हार्ट बजार सञ्चालनमा ल्याउन आवश्यक देखिएकोले भवन निर्माणको काम थालनी गरिएको हो ।’
हार्ट बजारमा पालिका भित्र पर्ने उच्च हिमाली क्षेत्रका आलु, टुसा, च्याउ, सिमी, फापर तथा जडिबुटी समेत बिक्रीको लागि राखिने छ ।
गाउँपालिकाको २० लाख र युएनडिपीको १२ लाख गरी कुल ३२ लाखमा भवन निर्माणको थालनी भएको हो । दशै अगाडी नै निर्माण सम्पन्न गरिसक्ने उद्वेश्य राखिएको भवनमा पालिका भित्र रहेका ७ वटा वडालाई १/१ कोठा र २ वटा कोठा कोशेली घरको लागि बन्ने पालिकाले जनाएको छ ।
खोलालाई चेक ड्याम तयार गरी बगरमा भवन निर्माण गर्न लागेको हो । उत्पादन र बिक्रीको आधारमा मात्र हार्ट बजार सञ्चालन गरिने भएको छ ।
प्रतिक्रिया