+
Search

ताजा अपडेट +

पपुलर +

युवती हत्याको आरोपमा बिहीका वडाअध्यक्ष प्रकाउ

4KNationalDaily
२०७७ आश्विन ९, शुक्रबार ०८:१६ बजे

गोरखा- युवती हत्याको आरोपमा चुमनुब्री गाउँपालिका वडा नं ५ विहिका वडाअध्यक्ष सोनाम लामा पक्राउ परेका छन् ।

गाउँमा उनलाई ‘राजा’ भनेर बोलाउने गरिन्छ । बाटोमा हिँडिरहेका युवतीहरुलाइ जिस्क्याउने क्रममा एक युवतीले छोरी समानका हामीहरुलाई किन जिस्क्याएको भन्ने क्रममा वडाअध्यक्ष लामाले कुटेको र युवतीको त्यही मृत्यु भएको स्थानीय बताउँछन्।

घटना केही समय अघि भएको र ढिला गरी खबर प्राप्त भएकाले प्रहरीले विहीबार आरोपी लामालाई गोरखा ल्याएको छ । तर, जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) बासुदेव खतिवडाका अनुसार उनलाई सोधपुक्षका क्रममा जिल्ला जिकिएको दावी गर्छन् ।

‘एउटा घटनामा थप बुझ्न उहाँलाई जिल्ला भित्र्याइएको हो’ उनले भने ‘अनुसन्धानकै क्रममा भएका थप पछि खबर गरौंला।’

वडाअध्यक्ष लामा श्रृँखलाबद्ध अन्य हत्यामा समेत सँलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त क्षेत्रमा आर्थिक लेनदेन र युवतीहरुका विषयलाई लिएर मानिसहरुको हत्या हुने गरेको त्यस क्षेत्रका जानकारहरु बताउँछन् । चार घण्टा दुरीमा रहेको प्रहरी चौकी नाम्रुङले घटनाबारे केही पत्तो पाएको छैन  ।

स्थानीयका अनुसार करिव २ हप्ताअघि विहिको विहिगाउँका दुई महिलाविचमा झगडा भयो । महिलाविच भईरहेको झगडामा वडाअध्यक्ष लामाले झगडा गरिरहेका दुईजना महिलामाथी कुटपिट गरे। त्यहाँबाट एक महिला भागिन् । तर, एक महिलाको भने वडाअध्यक्षको पिटाइबाट मृत्यु भयो ।

महिलाको मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरे । तर, प्रहरी समयमा नै पुग्न सकेन् । प्रहरी समयमा नै पुग्न नसकेपछि ति महिलाको दाहसंस्कार गरियो । अझ रोचक त के छ भने स्थानीय जनप्रतिनिधि नै यस्ता घटनामा प्रत्यक्ष संग्लन हुदैँ आईरहेका छन् । वडा अध्यक्ष लामा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily