+
Search

ताजा अपडेट +

पपुलर +

कृषि ज्ञान केन्द्र गोरखाले सार्वजनिक गर्यो १३ करोड ४५ लाखको कार्यक्रम

4KNationalDaily
२०७७ आश्विन ९, शुक्रबार ०९:३२ बजे

गाेरखा- कृषि ज्ञानकेन्द्र गोरखाले चालु आर्थिक बर्षका लागि संघिय सरकार र प्रदेश सरकारबाट स्विकृत भएर आएका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

केन्द्रले बिहिबार आयोजना गरेको आर्थिक बर्ष ०७७/७८ को बार्षिक स्वीकृत कार्यक्रमको सार्वजनिकीकरण भएकाे हाे ।

केन्द्रमा चालु आर्थिक बर्षका लागि संघ र प्रदेशबाट गरि कुल बजेट १३ करोड ४५ लाख ६६ हजार रुपैयाको बजेट स्विकृत भएर आएको  प्रमुख मनिता  थापाले जानकारी दिइन् ।

उनका अनुसार केन्द्रमा चालु आर्थिक बर्षमा संघिय सरकारबाट ४ करोड १६लाख ८६ हजार रुपैया र प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ९ करोड २८ लाख ८० हजार रुपैयाका कार्यक्रम स्विकृत भएको छ ।

चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत साना सिंचाइका लागि ५० वटा कार्यक्रम निर्धारण भएकाे छ ।

चालु आर्थिक बर्ष केन्द्रमा कृर्षक बर्गिकरण, अभिमुखीकरण परेका छन भने आकस्मिक सहयोग र मागमा आधारित सहयोग कार्यक्रमका लागि ६ लाख रकम स्विकृत भएर आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily