गोरखा- सुत्केरी हुन नसकेकी गोरखाकी एक महिलालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।
गण्डकी गाउँपालिका-४ फुजेल कौदीकी देवी गुरुङलाई आइतवार बिहान पोखरा स्थित गण्डकी अस्पतालमा पुर्याइएको हो।
शनिबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी देवीको बच्चा जन्मिन सकेको थिएन। प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा उनलाई उद्वार गरिएको हो ।
उनको शल्यक्रियाबाट बच्चा जन्मिएको पारिवारिक श्रोतले जनाएकाे छ । अहिले बच्चा र आमाको स्वास्थ अवस्था सामन्य रहेको गण्डकी अस्पतालले जानाएको छ ।
प्रतिक्रिया