काठमाडाैं- स्पेनिस ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले ग्रानडाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।
आइतबार सम्पन्न खेलमा घरेलु टाेली एट्लेटिकोले ग्रानडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोको जितमा लुइस सुआरेजले दुई, डिएगो कोस्टा, एञ्जल कोर्रिया, जोआओ फेलिक्स र मार्कूस लोरेन्टेले एक-एक गोल गरे ।
बार्सिलोनाबाट ट्लेटिकोमा पुगेका स्वारेजलाई बैकल्पिक खेलाडीको रुपमा उत्रिएका थिए । उनले अन्तिम २० मिनेट मैदानमा बिताएका थिए । उनी डिएगो कोस्टाको स्थानमा ७०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । सुआरेजले खेलमा दुई गोल तथा एक एसिस्टसमेट गरे ।
एट्लेटिकोले खेलको नवौं मिनेटमा अग्रता लिएको थियो । एन्जल कोर्रियाको क्रसमा डिएगो कोस्टाले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १० ले अग्रता लिएको एट्लेटिकोले दोस्रो हाफमा ५ गोल थपेका थिए । ४७औं मिनेटमा एन्जल कोर्रियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यस्तै, ६५औं मिनेटमा फेलिक्सले गोल गर्दै अग्रता तेब्बर बनाए ।
७०औं मिनेटमा डिएगो कोस्टालाई प्रतिस्थापन गर्दै लुइस सुआरेजले एट्लेटिकोका लागि डेव्यु गरेका थिए । मैदानमा उत्रिएको दुई मिनेटपछि सुआरेको पासमा मर्कूस लोरेन्टेले गोल गर्दै टोलीको स्कोर ४० पुर्याए ।
यस्तै, ८५औं मिनेटमा लोरेन्टेको पासमा सुआरेजले गोल गर्दै एट्लेटिकोका लागि पाँचौं तथा व्यक्तिगत पहिलो गोल गरे ।
प्रतिक्रिया