+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुलको लगातार तेस्रो जीत, आर्सनल पराजित

4KNationalDaily
२०७७ आश्विन १३, मंगलवार ०७:२८ बजे

काठमाडौ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले लगातार तेस्रो जीत हात पारेको छ ।

गएराति भएको एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो । यो जीतसँगै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

एलेक्जेन्डर लाकाजेटेले २५ औं मिनेटमा गोल गर्दै पाहुना टोली आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि सादियो मानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

रोबर्टसनले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका डियोगो जोटाले गोल गरेपछि लिभरपुल ३–१ को जीत दिलाए ।

आर्सनलले लिगका सुरुवाती दुई खेलमा जीत निकालेको थियो । लिभरपुल शतप्रतिशत जीतसहित ३ खेलबाट ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।  

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily