+
Search

ताजा अपडेट +

पपुलर +

फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक [भिडियो]

4KNationalDaily
२०७७ आश्विन १४, बुधबार ०८:४० बजे

काठमाडौं- दशैँमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।

माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ। गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन्।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ। फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछि।

उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily