+
Search

ताजा अपडेट +

पपुलर +

कस्तो छ साम्राज्ञीको फिल्म रोजाई ?

4KNationalDaily
२०७७ आश्विन १४, बुधबार ०८:४६ बजे

काठठमाडाैं-  नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएर निर्देशक अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ साइन गरिन् ।

कतिपयले साम्राज्ञीले महंगो रकम पाएकाले चलचित्र साइन गरेको टिप्पणी गरे भने कतिपयले आफ्ना छोरालाई हिट बनाउन अशोक शर्माले साम्राज्ञीलाई महंगो पारिश्रमिक दिए भनेर टिप्पणी गरे ।

टिप्पणी जे जस्तो भएपनि साम्राज्ञी यो चलचित्रबाट उत्साहित भइन् । उनको एउटै रटान के थियो भने, ‘रातो टिका निधारमा’को कथा निकै राम्रो भएकाले मैले साइन गरेकी हुँ ।’

साम्राज्ञीले गाउँले भूमिकाको चलचित्र नै गर्दिनन् भन्ने चर्चा चलचित्र बजारमा चलिरहेकाले पनि ‘रातो टिका निधारमा’मा उनले गाउँकी एक यूवतीको भूमिका निर्वाहा गरिन् ।

साम्राज्ञीले सर्वाधिक आशा गरेको यो चलचित्र यसरी चिप्लियो कि, अशोक आफैलाई नयाँ चलचित्र बनाउनु अगाडि धेरै पटक सोच्न यसले वाध्य पारिदियो । साम्राज्ञीले निकै राम्रो कथा चयन गरेको बताएपनि त्यो सत्य सावित भएन ।

साम्राज्ञीले काम गरेका ‘तिमी सँग, कायरा’को कथामा खासै दम देखिएन । चलचित्र ‘ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा’ मेकिङका हिसाबले अब्बल देखिएका थिए ।

नेपाली चलचित्रका कलाकार चलचित्रको बिषयमा सधै एउटै जवाफ दिन्छन् । काम नगरुन्जेल अफर आएर पनि कथा मन परेन भन्ने जवाफ, काम गरेपछि कथा गज्जब लागेर साइन गरेको भन्ने जवाफ । यो जवाफ सबै कलाकारले दिने गर्छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लकडाउनयता ३ वटा चलचित्र साइन गरिन् । साम्राज्ञीले चलचित्र साइन गर्नुको एउटै कारण कथा मन पर्नु नै रहेको बताइरहेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily