+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टायता १९११ जनामा कोरोना संक्रमण, ७९ हजार ७२८ पुगे संक्रमित

4KNationalDaily
२०७७ आश्विन १५, बिहीबार १६:३५ बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन् ।

जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily