+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : समय-सुहाउँदोचाहिँ भ्रष्टाचार र बेथिति हो?

4KNationalDaily
२०७७ आश्विन १६, शुक्रबार १०:१८ बजे

काठमाडाैं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीको अनशनलाई सरकारले समय सुहाउँदो नभएको भनाइप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रवक्ता शर्माले बिहीबार ट्विट गर्दै डा. केसीको अनसन समय सुहाउँदो नभए भ्रष्टाचारचैँ समय सुहाउँदो हो त ? भन्दै प्रश्न गरेका छन् ।

ट्विटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले भनेका छन्– डा. केसीको अनसन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने ? समय सुहाउँदोचैँ भ्रष्टाचार ? ढिलासुस्ती ? बेथिति ? अव्यवस्था ?

सरकारको कुनै लोकतान्त्रिक संस्कार नभएको आरोप लगाउँदै शर्माले डा. केसीको माग पूरा गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily