+
Search

ताजा अपडेट +

पपुलर +

वामदेवविरुद्धको मुद्दामा सुनुवाई आज, जित्लान् त मुद्दा ?

4KNationalDaily
२०७७ आश्विन १६, शुक्रबार १०:२१ बजे

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज फेरी हुँदैछ ।

यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखेको थियो ।

असोज ७ गते न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भए अनुसार बुधबारदेखि संबैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।

निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरी उप्रेतीलगायतले बहस गरेका थिए भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरिसकेका छन् ।

गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायत ४० वकिलहरुले आज बहस गर्ने बताइएको छ ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । असोज १ गते उनले पद तथा गोपनीयताको शपथ लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily