+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टामा हालसम्मकै बढी २७२२ जनामा कोरोना संक्रमण, ८२ हजार ४५० पुगे संक्रमित

4KNationalDaily
२०७७ आश्विन १६, शुक्रबार १६:५१ बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा छन्।

आजसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily