+
Search

ताजा अपडेट +

पपुलर +

महासचिवले नेताहरुलाई खबर नै नगरेपछि नेकपा सचिवालय बैठक स्थगित

4KNationalDaily
२०७७ आश्विन १७, शनिबार १६:१२ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ।

आज (शनिबार) दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने छ।

‘हिजो दुई अध्यक्षबीच भएको छलफलपछि आज शनिबार सचिवालय बैठक बस्ने सहमति भएको रहेछ’, एक सचिवालय सदस्यले भने, ‘महासचिवको कार्यालयबाट कसैलाई सूचना नगएपछि बैठक भोलि बस्ने गरी सूचना दिइएको छ।’

बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले एकलौटी रुपमा गरेको राजनीतिक नियुक्तिलगायत पार्टी एकताको बाकी काम सम्पन्न गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily