+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाली गायिका लामाकाे ‘बुट्टे रुमाल’ बजारमा [भिडियो]

4KNationalDaily
२०७७ आश्विन १७, शनिबार १९:३१ बजे

गाेरखा- विश्व नै कोरोना कहरले गुज्रिएको छ । यस्ताे कहरमा दुख पीडालाई भुल्ने एक मात्र उत्कृष्ट माध्यम गीत संगीत नै रहेछ ।

नेपालीहरुको महान पर्व बिजया दशमी नजिकदै गर्दा गाेरखाली गायिका सुमित्रा लामाले मौलिकपन बोकेको गाउँघर मेला पर्वमा चल्तिको गीत ‘रुमाल बुट्टे छ’ बजारमा ल्याएकी छिन ।

सुन्ने बित्तिकै मस्तिष्कमा छुने रुमाल बुट्टे छको शब्द गाेरखाली गायिका चिजा तामाङले लेखेकी हुन भने शब्द स्वयम् सुमित्राकाे हाे ।

गायिका लामालाई स्वरमा साथ गुरुङले दिएका छन । पछिल्लो समयको चर्चित निर्देशक दिप के गुरुङको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियोमा लामा, तामाङ, चिज गुरुङ, बिनि कोके गुरुङ, सुस्मिता, सचिन, आशिसले अभिनय गरेका छ्न ।

गोरखा धारापानी कि सुमित्राले गोर्खालीलाई केही होइन सानोचोट, स्याङ्जालीको माया, उमेर भयो १७ जस्ता गीतहरुबाट दर्शक श्रोताको मन जितिसकेकी छिन ।

गीतमा बाल्यकालमा देखिने गतिविधिहरुलाई चित्रण गरिएको छ । चंचले उमेरमा गाउघर मेला पर्वमा गरिने ठट्यौली पानलाई आधार बनाइ भिडियाे निकालिएकाे छ । ‘रुमाल बुट्टे छ’ तामाङको यूट्यूब च्यानलबाट बजारमा ल्याएको हो ।

भिडियाे

https://www.youtube.com/watch?v=YzZBI472Wig&feature=youtu.be

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily