+
Search

ताजा अपडेट +

पपुलर +

गायिका बिन्दु परियारकाे गितमा प्रिज्मा र प्रिन्सीसँग नाजिरको रोमान्स [भिडियो]

4KNationalDaily
२०७७ आश्विन २०, मंगलवार ०९:०४ बजे

काठमाडौं- गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है ‘ को भिडियो सार्वजनिक भएको छ। एकनारायण भन्डारीको शब्द सिर्जनामा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ।

सार्वजनिक भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा आफ्नो सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सि खतिवडा साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय गज्जब सुहाएको छ।

सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन्। अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन्।

निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ। गायिका परियारले यसअघि पर्ख पर्ख मायालु, पहिलो नम्बरमा लगायतका लोकप्रिय गीतमा स्वर भरेकी छिन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily