+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई गगनको आग्रह : केही त गर्नुहोस्

4KNationalDaily
२०७७ आश्विन २२, बिहीबार १९:५१ बजे

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले मन्त्रिमण्डल पुनर्गठन छाडेर कोरोनाको महामारीबारे कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

उनले आफूहरु कोरोनाविरुद्धको लडाइँमा प्रधानमन्त्रीलाई साथ दिन तयार रहे पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपरेको बताए।

‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन। अहिले मन्त्रिमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस्। बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्। कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहन्छौं तर केही त गर्नुस् प्रमज्यू’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

उनले महामारीको यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ भने प्रधानमन्त्रीलाई पटक पटक भने उनी प्रधानमन्त्रीलाई यसतर्फ सोच्ने फुर्सद नै नभएको बताए। उनले प्रधानमन्त्रीको सोच र शैलीकै कारण जटिल र टार्ने नसक्ने अवस्थामा पुगेको बताएका छन्।

‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई ज्यूलाई पटक–पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन। समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ’, उनले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily