+
Search

ताजा अपडेट +

पपुलर +

बुढीगण्डकी परियोजनाको छानबिन गरौं, सहयोग गर्छु : डा बाबुराम भट्टराई

4KNationalDaily
२०७७ आश्विन २६, सोमबार ११:१७ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाको छानबिनको माग गरेका छन्।

उनले आफू प्रधानमन्त्री छँदा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको आरोप लगाएका छन्।

ट्विटरमार्फत उनले सो विषयमा उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गरेका हुन्। ‘त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु’, उनले लेखेका छन्।

मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु।त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।

केही दिनअघि उनले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी परियोजनामा ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए। सो आरोपलाई पुष्टि गर्न आइतबार कांग्रेसले विज्ञप्तिमार्फत चुनौती दिएको सन्दर्भमा डा भट्टराईले पछिल्लो ट्विट गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily