+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री नियुक्ति र कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावबारे ओली–प्रचण्ड छलफलमा

4KNationalDaily
२०७७ आश्विन २६, सोमबार ११:३३ बजे

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र संघीय सरकारमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालवीच तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमै छलफल गर्ने तय भएको थियो।

शनिबार आफ्नै पार्टीका सांसदले अचानक कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सो विषय थपिएको हो।

‘आज सोमबार रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने लगभग पक्का थियो,’ स्रोतले भन्यो, ‘कर्णाली प्रदेशमा पार्टीभित्रै समस्या देखिएको हुँदा त्यसबारे समाधान निकाल्ने कोशिस हुन्छ होला।’

कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये बहुमत १८ जनाले पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्व आइतबार नेकपा संसदीय दलमा अविश्वास प्रस्ताब दर्ता गराएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily