काठमाडौं- लागूपदार्थको सम्बन्धमा बलिउडमाथि लगाएको आरोपको समर्थनमा अभिनेत्री शर्लिन चोपडाले समेत साथ दिएकी छिन् । उनले क्रिकेटर र अरु पनि सुपरस्टारका पत्नीहरुले समेत लागूपदार्थ सेवन गर्ने गरेको आरोप लगाएकी छिन् ।
उनले हालै विश्व मानसिक दिवसको अवसरमा अभिनेत्री दीपिका पादुकोणमाथि कटाक्ष गरेकी छिन् ।
कंगना रनौतले ट्विटमा ‘हामीले मानसिक स्वास्थ्यलाई लिएर जागरुकता फैलाउनका लागि फिल्म बनाएका हौँ । अदालतले ती व्यक्तिहरुलाई डाक्यो जसले डिप्रेशनको पसल खोलेका थिए ।
मिडियाले ब्यान गरेपनि र फिल्म रिलीज हुनुभन्दा केही समय अगाडि फिल्मको नाम परिवर्तन गरिएको भएपनि फिल्मको व्यापार कम भएपनि फिल्म निकै राम्रो भएकाले मानसिक स्वास्थ्य दिवसको दिनमा ‘जजमेन्ट है क्या’ फिल्म हेर्न अनुरोध गर्छु’
कंगना जी,सहीं कहा आपने,ये लोग माल फूँक के डिप्रेशन के नारे लगाते हैं और देश की युवा पीढ़ी को अंधकार में ढकेलते हैं।
दो वक़्त की रोटी कमाने के लिए जो मज़दूर सुबह शाम मज़दूरी करता है,क्या उसे डिप्रेशन नहीं होती है?
क्या डिप्रेशन से राहत पाने के लिए हम माल का सेवन करना शुरू कर दें? https://t.co/Iu25pHDRvK— Sherlyn Chopra (शर्लिन चोपड़ा)???????? (@SherlynChopra) October 10, 2020
उक्त ट्विट शर्लिन चोपडाले रिट्विट गर्दै लेखेकी छिन्, ‘कंगना जी, तपाईंले सही भन्नुभयो । यी मान्छेहरु माल फुकेर डिप्रेशनको नारा लगाउँछन् । र देशका युवा पिढीँलाई अन्धकारमा धकेल्छन् । दुई छाक खान मजदुर बिहान बेलुका मजदुरी गर्छन् । के उनीहरुमा डिप्रेशन छैन ? के डिप्रेशनबाट बच्न मालको सेवन गर्ने हो ?’
प्रतिक्रिया